केही तत्वले देश समृद्ध भएको देख्न सकेनन् : प्रधानमन्त्री

केही तत्वले देश समृद्ध भएको देख्न सकेनन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले देश समृद्धिको दिशातर्फ बढेको केही तत्वहरुले देख्न नसकेको आरोप लगाउनु भएको छ । 
भक्तपुरबाट शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै ओलीले देशलाई पश्चगमन तर्फ लान खोज्नेहरुको चलखेलले पूर्णता नपाउने बताउनु भयो ।


प्रधानमन्त्री ओलीले सयौं बर्ष राज गरेर पार भएको राजसंस्थालाई ब्युँताउनु पर्छ भन्ने खेलमा लागेकाहरुलाई देशको समृद्धि यात्रामा समाहित हुन अपिल गर्नुभयो ।  


विश्वका विभिन्न देशममा भोकमरीकै कारण धेरै मानिसको ज्यान जाने गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोही भोकै नपर्ने र कोही भोकले मर्न नदिने प्रतिवद्धता दोहोर्याउनु भयो । 


उहाँले नेपालका कला संस्कृति सभ्यता, प्रकृतिलगायतले भरिपूर्ण नेपालमा कसैले समृद्धिको बाटो छेक्न नसक्ने दावी गर्नुभयो । 
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताउनुभयो । 


उहाँले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सञ्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो । 


भक्तपुरका चारवटै नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यसबाट भक्तपुरका करिव ७ सय बेरोजगारले रोजगार पाएका छन ।
प्रधानमन्त्री ओलीले सुर्वणचोकदेखि तीन धारा जाने सडक निर्माणको सुभारम्भ गर्नुभयो । 

 

प्रधानमन्त्री केपी ओली राजसंस्था

संम्बधित खबर

विशेष