News कभर स्टोरी

भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा

भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा


काठमाडौँ । सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा हुनुभएको छ ।  बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश शाही रिहा हुनुभएको हो । रिहा भएलगतै उहाका समर्थकले अभिनन्दन गरेका थिए ।

 

शाहीले आफु जनताको पक्षमा भएकाले अदालतले न्यायोचित न्याय गरेको बताउनुभयो । उहाले भ्रष्टाचारविरुद्ध आफ्नो लडाई जारी रहने बताउनुभयो । 

 

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले पत्रकारहरुलाई गालीगलोज गर्नुभएको थियो । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो । शाहीलाई पक्राउ गरेर काठमाडौं ल्याइएपछि उहाको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराउनुभएको थियो ।

प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो। 

विशेष