विदेश

इच्छामृत्युको अधिकार प्रयोग गरी युवतीले त्यागिन् प्राण

इच्छामृत्युको अधिकार प्रयोग गरी युवतीले त्यागिन् प्राण

काठमाडौं । नेदरल्याण्ड्सको केआर्नहेम सहरमा बस्दै आएकी एक युवतीले इच्छा मृत्युको अधिकार प्रयोग गरी आत्महत्या गरेकी छन् । १७ वर्षीया युवती नोआ पान्टहोवेनले गत आइतबार आफ्नै घरमा सरकारी क्लिनिकका कर्मचारीको सहयोगमा आत्महत्या गरेकी हुन् । 

 

नोआले आफू बच्चा हुँदा यौन उत्पीडनमा परेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘जीवनमा दुई पटक बलात्कारको शिकार भएँ । जब म ११ वर्ष हुँदा त्यस्तो घटना भएको थियो, फेरि १४ वर्षको हुँदा त्यस्तै अवस्था भोगेँ ।’ बलात्कारको शिकार भएकी नोआले त्यही चिन्ताले आफूलाई भोक नलाग्ने रोग लागेको बताउँदै आएकी थिइन् ।

 

पछिल्लो हप्ता नोआले आफ्नो इन्स्टाग्राममा एक सन्देश पोस्ट गर्दै आफूले कानुनको सहयोगमा आत्महत्या गर्न लागको जानकारी गराएकी थिइन् । १० हजारभन्दा बढी फ्लोवर्स भएको इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘मैले दुःखसँग धेरै लड्दै आएँ । अब त थाकिसकेँ ।’ पछिल्लो समय नोआले इच्छामृत्युपत्र पाउनका लागि क्लिनिकसँग सम्पर्क गर्दै आएकी थिइन् । एजेन्सी

नेदरल्याण्डस नोआ पान्टहोवेन

विशेष