हावाहुरीसहित चट्याङ पर्दा १८ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मैनापुरीका ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेका छन् ।
बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको भारतीय अधिकारीले जनाएका छन् । कतिपय ठाउँमा असिना परेको छ । हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी
भारत हावाहुरी