‘पूर्वी क्षेत्रमा हुरीबताससहित पानी पर्ने सम्भावना टर्यो’

काठमाडौं । पूर्वी क्षेत्रमा तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना टरेको छ । मौसमविद् विभूति पोख्रेलका अनुसार बिहीबार बेलुकी पश्चिममा विकास भएको न्यूनचापीय प्रणाली मध्य क्षेत्र हुँदै पूर्वतिर जाने अनुमान गरिएकोमा उत्तरतिर लागेको हो ।
‘बिहीबार बेलुकी पश्चिममा चलेको हावा बिहान मध्य क्षेत्रमा आइपुगेको थियो, त्यही प्रणाली पूर्व सर्ने देखिएको थियो तर त्यो प्रणाली हामीले जाने अनुमान गरेको बाटोभन्दा माथिबाट उत्तरतिर सरेको छ ।’ मौसमविद् पोख्रेलले भने । पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको थियो ।
हुरीबतास मौसमविद्