News देश

देशभर चट्याङको असर, दुईको मृत्यु

देशभर चट्याङको असर, दुईको मृत्यु


काठमाडौँ ।  चट्याङ लागेर मकवानपुरमा आज विहान एक र प्युठानमा गएरात एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ–९ च्योराङमा चट्याङ लागेर घरमा सुतिरहेका विनोद पाख्रिनको मृत्यु भएको हो । घरमा सुतिरहेका पाख्रिनलाई आज बिहान ४ बजे चट्याङ लागेको हो ।

 

त्यस्तै, प्युठानको गौमुखी गाउँपालिका–५ खुङमा चट्याङ लागेर ३४ वर्षीय पशुपति आचार्यको विहिबार राति मृत्यु भएको छ । उनी स्थानीय जनसहयोगी आधारभुत विद्यालयका शिक्षक रहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै चट्याङका कारण डोटीमा ७ जना घाइते भएका छन् । 

विशेष