News Breaking News प्रदेश २

ग्याँस सिलिण्डर पड्किँदा एक परिवारका दुई घाइते

ग्याँस सिलिण्डर पड्किँदा एक परिवारका दुई घाइते


बारा । बारामा खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिण्डर पड्किएको हो ।

 

घटनामा घाइते हुनेमा ६७ वर्षका नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ रहेका छन्। त्यसैगरी,  ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् ।  

 

घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका लागि सिलिण्डरमा रेगुलेटर जोड्न लाग्दा ग्याँस लिक भएर पड्किएको जनाइएको छ ।  

विशेष