News कभर स्टोरी

बजेट अन्तक्र्रियामा छायाँ अर्थमन्त्रीले लगाए यस्ता आरोप 

बजेट अन्तक्र्रियामा छायाँ अर्थमन्त्रीले लगाए यस्ता आरोप 


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । 


शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धी अन्तरक्रियामा नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको सरकार सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको बताउनुभयो।  सरकारले रोजगारीको अवसर सृजना गर्ने पटि सरकार गम्भीर नभएको बताउनुभयो ।  

 

आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ। एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको भन्दै उहाँले सरकारलाई प्रश्नसमेत गर्नुभयो । 
 

विशेष