News ताजा खबर समाज

गोविन्द केसी देखि चरण प्रसाइ किन पुगे माइतीघर मण्डलामा

गोविन्द केसी देखि चरण प्रसाइ किन पुगे माइतीघर मण्डलामा


काठमाडौँ । चिकित्सक डा. गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई, अधिवक्ता ओम प्रकाश अर्याल, वरिष्ठ पत्रकार हरिहर विरही लगायत नागरिक क्षेत्रका व्यक्तित्वहरुले शनिबार राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा गरेका छन् । संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै राजधानीको माईतीघर मण्डलामा उनीहरुले खबरदारी सभा गरेका हुन् ।

 

सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायालयको स्वतन्त्रता कायम गर्न माग गरे ।
खबरदारी अभियानमा सहभागी चिकित्सक डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई, वरिष्ठ पत्रकार हरिहर विरही, अधिवक्ता ओमप्रकाश अर्याल, डाक्टर बिमला शाक्य लगायत सहभागी थिए ।

 

उनीहरुले लोकतन्त्रका आधारभूत मुल्य र मान्यतालाई बिर्सेर अधिनायकवादी शैलीमा सरकार हिडेको आरोप लगाए । मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरु सरकारले संविधान विपरित ल्याउन लागेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले बिरोध गर्दै आएका छन् ।


 

विशेष