दुबईमा बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको मृत्यु

एजेन्सीः ओमानबाट दुबई गइरहेको बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको मृत्यु छ। दुर्घटनाको पुष्टि भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन् । दुबई पुलिसका अनुसार दुर्घटना बिहीबार साँझ स्थानीय समयअनुसार करिब ६ बजे भएको हो ।
बस दुबईका शेख मोहम्मद बिन जाएद सडकमा नियन्त्रण गुमाएर साइनबोर्डमा ठोक्किन पुगेको थियो। बस चलाउने कम्पनी म्वासालतलले मस्कट–दुबई मार्गमा सेवा बन्द गरेको छ । भारतीय दूतावासको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ज्यान गुमाउनेका परिवार अस्पताल पुगेका जनाइएको छ । मृतकको पहिचानका लागि प्रहरी सक्रिय छ ।
ओमान बस दुर्घटना दुबई