News

प्रधानमन्त्रीले नै दायित्व बिर्सिएपछि‍‍.....

प्रधानमन्त्रीले नै दायित्व बिर्सिएपछि‍‍.....

सुर्खेत । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरैले सिको गरे । रारामै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएकी बालिका ठिन्ले विद्यालय प्रथम भइन् ।

 

त्यसको एक वर्षपछि वैशाख ३ गते राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको उद्घाटन गर्न सुर्खेत आएका प्रधानमन्त्रीले बालिकाको प्रसंग निकाले । ‘मैले रारामा पुगेर भर्ना गरेकी बालिका कक्षा १ मा प्रथम भइछन्’, प्रधानमन्त्रीले भने, ‘जोखिममा रहेका तथा विद्यालयको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई तपाईंहरु पनि अभिभावकत्व ग्रहण गरेर विद्यालयको पहुँचमा पुर्याउनुहोस्, शिक्षादीक्षा दिनुहोस् ।’ तर विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभावकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाई खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छन् । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

मुगु केपी शर्मा ओली

विशेष