News

कस्तो छ आजको मौसम? 

कस्तो छ आजको मौसम? 

काठमाडौं । आज पश्चिमी तराईबाहेक देशका अन्य सबै स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझपख देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने संकेत देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । 

 

पश्चिमी तराईमा भने मौसम आंशिक बदली हुने तर पानी पर्ने सम्भावना नरहेको उनले बताइन् । ‘प्रि–मनसुनका बेला चट्याङ पर्ने तथा हावाहुरी आउने सम्भावना त रहन्छ नै,’ कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘तर त्यस्तो ठूलो हावाहुरीको सम्भावना देखिन्न ।’ तर कतिपय मौसमविद्ले भने छोटो समयमै विकास हुने प्रणालीअन्तर्गत आउने भीषण हावाहुरी कतिबेला, कहाँ आउँछ भनेर ठ्याक्कै भन्न नसकिने बताउने गरेका छन् । तैपनि आज चाहिँ त्यस्तो भीषण हावाहुरीको आउने सम्भावना नरहेको महाशाखाका मौसमविद्ले बताएका छन् । 

 

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि आउने सोमबारसम्म मौसम बदली र वर्षाको सम्भावना रहे पनि हावाहुरी आउने उल्लेख छैन । मौसमविद् नगरकोटीका अनुसार अहिले देशको दक्षिण पूर्वी क्षेत्रबाट बंगाल खाडीको जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेको छ । यसैकारण अहिले खास गरी देशका पूर्वी तथा मध्य क्षेत्रमा मौसम बदली भएको हो। 

मौसम मौसम पूर्वानुमान महाशाखा

विशेष