News कभर स्टोरी

खुकुरीको तौल ३० किलो, दाम रु. १, ११, १११ भिडियोसहित

खुकुरीको तौल ३० किलो, दाम रु. १, ११, १११ भिडियोसहित


हरि न्यौपाने
काठमाडौँ । खुुकुरीका लागि प्रसिद्ध जिल्ला भोजपुर । तर राजधानीमा भोजपुरको भन्दा वागलुङको खुकुरीले चर्चा बटुलेको छ । थानीय उत्पादनलाई प्रोत्साहन गर्दे मौलिक वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यसाथ राजधानीको भृकुटीमण्डपमा जारी ३० औँ राष्ट्रिय लघु घरेलु तथा औद्योगिक प्रदर्शनीमा खुकुरी ल्याइएको हो ।

 

वूर्तिवाङ आरन व्यवसायी सेवाका मन बहादुर सिर्पालीले तयार गरेको यो खुकुरी ३० किलोको छ । यो खुकुरी उनले ११ दिनमा बनाएका थिए । यो खुकुरीको दाम उनले १ लाख ११ हजार १ सय ११ राखेका छन् । खुुकुरी निर्माता सिर्पालीले खुकुरी उचाल्नेलाई ५ हजार नगद पुरस्कार दिने पनि बताएका छन् ।

 

प्रदर्शनीमा सहभागी अधिकांश कसैले पनि खुकुरी उचाल्न सकेका छैनन् । खुकुरी आफूले सरकारलाई उपहार दिने उनले बताएका छन् । हेर्नुहोस् भिडियो...... ">

विशेष