किसान पेन्सन बजेटमा समावेश नगरेकोमा कृषिमन्त्री असन्तुष्ट
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको भन्दै गुनासो व्यक्त गर्नुभएको छ । काठमाडौँमा आइतबार भएको कार्यक्रममा मन्त्री खनालले कृषि क्षेत्रमा बजेट पनि कम दिइएको र किसान पेन्सन कार्यक्रम पनि समावेश नगरिएको भन्दै गुनासो गर्नुभयो ।
‘किसान बर्गीकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’मन्त्री खनालको भनाई थियो ।
कृषि क्षेत्रमा बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी गर्नु भयो ।