News

पोखराबाट विप्लव समूहका १८ कार्यकर्ता पक्राउ

पोखराबाट विप्लव समूहका १८ कार्यकर्ता पक्राउ

पोखरा  । कास्कीबाट बैठक बसिरहेको स्थानबाट विप्लवका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता–कार्यकर्ता पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी मिलन राईसहितका कार्यकर्ता रहेका छन् । उनीहरूलाई शनिबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्की ल्याएर अनुसन्धान सुरु गरिएको छ।

उक्त क्षेत्रमा गतिविधि बढिरहेको भन्ने सूचनाको आधारमा जिप्रकाबाट प्रहरी टोली पठाएर पक्राउ गरेको कार्कीले बताएका छन् ।

 

नेत्रविक्रम चन्द 'विप्लव'

विशेष