गुठीसमर्थक र प्रहरीबीच झड्प, दुवै पक्ष घाइते

गुठीसमर्थक र प्रहरीबीच झड्प, दुवै पक्ष घाइते

सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । 

प्रहरीसँगको झडपमा परी प्रदर्शनकारी घाइते समेत भएका छन् भने केही प्रहरी पनि घाइते भएका छन् । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचीन गुठीका गुठियारहरुको सहभागिता थियो ।
 
गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने चेतावनी उनीहरुले दिएका छन् । विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ । 

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् । 

सरकारले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ ।

बल प्रयोग कानुन संशोधन

संम्बधित खबर

विशेष