News

भीआईपीको हातमा कुचो

भीआईपीको हातमा कुचो

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार हातामा विरुवा रोपेर शुरु भएको वातावरण दिवस मन्त्रीहरुले पुल्चोकस्थित मन्त्री निवास सरसफाई गरेर निरन्तरता दिएका छन् । 


मुलुकका भीआईपीहरु विहानै कुचो बोकेर सरसफाईमा जुटेको दृश्य रोमाञ्चक थियो । 
वनमन्त्री शक्ति बस्नेतको अगुवाईमा भएको सरसफाईमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडालगायत सहभागी हुनुहुन्थ्यो ।  


सो अवसरमा वनमन्त्री बस्नेतले सरसफाई देशैभरिका सरकारी कार्यालयमा अभियानका रुपमा अघि बढाइने जानकारी दिनुभयो । 

विरुवा मन्त्री निवास

विशेष