ओखलढुंगामा बस दुर्घटना, चालकसहित तीनको घटनास्थलमै मृत्यु, १४ घाइते

ओखलढुंगामा बस दुर्घटना, चालकसहित तीनको घटनास्थलमै मृत्यु, १४ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङस्थित डडुवामा बस दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्। काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको  मे १ ख १८९१ नम्बरको बस बिहान करिब ४ बजे दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन्। घाइते ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते अन्यलाई पनि काठमाण्डौ पठाउने तयारी गरिएको छ। बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

दुर्घटना

संम्बधित खबर

विशेष