एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार
कािलकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको छ । छोरीको भ्रुणमै हत्या गर्ने वा छोराका लागि धेरै छोरी जन्माउने क्रम बढेपछि नीति तथा कार्यक्रममै पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन् ।
‘एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गरे एक लाख पुरस्कार दिने व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘छोरी नै छोरासरह भएको सन्देश दिन यस्तो कार्यक्रम ल्याइएको हो । यसले लैंगिक समानता कायम गर्दै छोरीको भ्रुणहत्या रोकिनेछ ।’ छात्रवृत्ति प्रोत्साहनस्वरूप दिने यो रकमले अभिभावकलाई छोरी पढाउन सहज हुने विश्वास पनि नगरपालिकाको छ । नयाँ पत्रिका दैनिकबाट
खाँडाचक्र नगरपालिका