अमेरिकी दूतावास प्रतिनिधिलाई सात दिनको म्याद
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालीसथत अमेरिकी दूतावासका प्रतिनिधिलाई सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजालसले यसअघि पनि अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीका रुपमा अदालतमा आउन आदेश गरेको थियो । यसअघि चैत १२ मा दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी भएको थियो ।
आदेश अटेर गरी अदालतमा उपस्थित नभएपछि सोही इजालसले अर्को आदेश जारी गर्दै सात दिनको समय दिएको हो ।
यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।