खोलानालामा एक्कासी बाढी आउन सक्ने, सचेत रहन आग्रह

काठमाडौं । देशका साना खोलाहरुमा एक्कासी बाढी आउने खतरा औँल्याइएको छ । अविरल वर्षाका कारण चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, वर्दियालगायत आसपासका जिल्लाबाट बहने केही साना खोलाहरुमा एक्कासी बाढी आउनसक्ने बाढी सूचना केन्द्रले जनाएको छ ।
२५ असारको विहान सूचना जारी गर्दै केन्द्रले राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । देशका अधिकांश स्थानहरुमा अविरल वर्षा भइरहेकाले बाढीको खतरा बढेको छ ।
बाढी