अब प्रदेश प्रहरीको हाकिम डीआईजी

अब प्रदेश प्रहरीको हाकिम डीआईजी

प्रदेश प्रहरीको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई दिइने भएको छ । 

संसदमा राज्य व्यवस्था समितिमा प्रहरी समायोजन विषयमा चल्दै आएको बहस अन्तत : डीआईजीलाई प्रमुख बनाउने सहमतिमा टुंगिएको हो । नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले ल्याएकै प्रस्तावमा सांसदहरु एकमत भएका हुन् । 

डीआईजीलाई प्रहरी प्रमुख बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने सम्बन्धमा अझै टुंगो लागेको छैन् । प्रदेशमा गएका प्रहरी संघमा फिर्ता हुन चाहेमा उनीहरुको बाटो भने रोकिने छैन् । 

सात प्रदेशमा ७ डीआईजीसहित ५५ हजार प्रहरी समायोजनमा पर्ने छन् ।  २० हजार प्रहरीको भरमा संघ चल्नेछ । प्रदेश प्रहरीमा काम गर्ने सम्पूर्ण प्रहरीको पोशाक तथा दज्र्यानी चिन्ह प्रदेश सरकारले तोके अनुसार हुनेछ । 

प्रदेश प्रहरी

संम्बधित खबर

विशेष