News

भोजपुर घटना : पहिला सँगै चियापान, पछि गोली हानाहान

भोजपुर घटना : पहिला सँगै चियापान, पछि गोली हानाहान

काठमाडौं :  भोजपुर सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकाका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसे चिया खाइरहेका थिए। दुवै जनाबीच पहिलेखि नै चिनजान थियो। 

भेट हुनासाथ हात मिलाए र चिया पपिउन सुरु गरे। चन्द समूहका ओखलढुंगा जिल्ला ईन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए।  प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुईदिनयता चियापसलमा आउने जाने गरिरहेका थिए।

 बुधबार पनि बिहानै आएर अरु मन्छेसँग 'हेलोहाई' गरिरहेका थिए। करिब ८ बजे सञ्जीब आइपुगे। दुवैले दाइभाइको साइने पनि लगाए।

प्रतिबन्धपछि ८ मारिए

सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्। चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ।  पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन्।

भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौँमा विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन्। काठमाडौँ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो। प्रतिबन्धयताको अवधिका दुई प्रहरीसहित ९ जना घाइते भएका छन्। २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधमा प्रतिबन्ध लगाएको थियो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

भोजपुर

विशेष