निर्मला पन्तकी आमाले पाइन् नगरपालिकामा जागिर

महेन्द्रनगर । कञ्चनपुर भीमदत्तनगरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकामा जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो ।
पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।
कञ्चनपुर निर्मला पन्त