विषादी परीक्षणका सम्बन्धमा प्रधानमन्त्रीले भने : मलाई केही भनिएन

विषादी परीक्षणका सम्बन्धमा प्रधानमन्त्रीले भने : मलाई केही भनिएन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको  पत्रबारे आफूलाई सरकारी निकायले अनविज्ञ राखेको बताएका छन्। भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

'मलाई पछि मात्र थाहा भयो र त्यसम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ। त्यो कुराबाट पनि मलाई अनविज्ञ नै राखियो। तसर्थ मेरो जानकारीमा नभएको हुनले मैले पत्र पठाएको छैन भनेँ। तर २३ गते बेलुका मात्रै पत्र आएकोबारे जानकारी पाएँ। म तयसबाट अत्यन्त दुखित्छु' प्रधानमन्त्री ओलीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै भने, 'र मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन  भुल्यो, जे सुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो। एउटा यथार्थ मबाट लकेको रहेछ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले मुलुकको कार्यकारी व्यक्ति नै कति गुमराहमा छन भन्ने प्रश्न उब्जिएको छ। प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीय दलमा कस्तो पत्र कसले पठाएको पत्र भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए। उनले पत्रै नआएको दाबी गरेका थिए। प्रधानमन्त्री ओलीले त्यसो भनेको दुई दिनपछि (२३ गते) भारतीय दूतावासले असार १४ मा नै परराष्ट्र मन्त्रालयलाई सम्बोधन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई बोधार्थ दिँदै लेखेको पत्र सार्वजनिक भएको थियो। यो खरब आजको कान्तिपर दैनिकबाट लिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली

संम्बधित खबर

विशेष