हतारले निम्त्याएको दुर्घटनामा १० घाइते

हतारले निम्त्याएको दुर्घटनामा १० घाइते

बनेपा– बर्दिबास बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका चैनपुरमा तीनवटा यातायातका साधन  ठोक्किदा १० जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार ठक्‍कर खाँदा कार र हायस दुबैमा सवार १० यात्रु घाइते भएका हुन् । 

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जाँदै गरेको कारले ओभरटेक गर्दा हायससँग ठोक्किदा दुर्घटना भएको हो । 

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीरलाई काठमाडौं पठाइएको छ । दुबै गाडी  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घाइते बीपी राजमार्ग

संम्बधित खबर

विशेष