महिला सीडीओको लोभलाग्दो शिष्टाचार 

महिला सीडीओको लोभलाग्दो शिष्टाचार 

सरकारी कर्मचारीमा आफूलाई शासक र जनतालाई शासित भन्ने अवधारणाले जरो गाडेको परिदृश्यमा नयाँपुस्ता केही प्रशासक अपवाद भएर उभिएका छन् । 
कर्णालीको विकट मानिने जुम्लामा ४० औं सीडीओ भएर पुगेकी दुर्गा बञ्जाडेले सेवाग्राहीलाई सत्कारपूर्वक आफ्नो कार्यकक्षमा राखेर चियापान मात्र हैन, उनीहरुसंग दुखसुखका कुरा गरेर मन जित्ने अभ्यास थालेकी छन् । उनले आफ्नो फेसबुक पेजमा यी तस्वीर पोष्ट गरेकी हुन् । यसअघि उनी सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन । जुम्लाले आफ्नो इतिहासमा पहिलो पल्ट महिला प्रमुख जिल्ला अधिकारी पाएको हो । 

सेवाग्राहीलाई प्रेमपूर्वक सम्बोधन गरेर उनीहरुका काम हार्दिकतापूर्वक सम्पन्न गरिएको यो दृश्य निजामती सेवामा देखिएको चाँदीको घेरो हो । सरकारी कार्यालयमा नागरिक बडापत्र नभएर आत्मीय व्यवहारको खाँचो छ । 

७७ जिल्लामध्ये सिन्धुपाल्चोक, रामेछाप, तेर्हथुम र जुम्ला जिल्लामा अहिले महिला सीडीओ कार्यरत छन् ।  
 

जुम्ला

संम्बधित खबर

विशेष