News

आइफा अवार्डमा खर्चको खर्च कति?

आइफा अवार्डमा खर्चको खर्च कति?

काठमाडौं । नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९ (आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।  बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर (४४करोड रुपैयाँ) खर्च गर्ने छ । काइण्ड सपोर्ट अन्तरगत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।

 

क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैले गर्ने छ । त्यस बाहेक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्थाले पनि क्यास अन्तरगत सहयोग गर्नेछन् । होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियसन नेपाल, नेपाल बायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्ने छ । 

 

अवार्ड आयोजनाको खर्च व्यवस्थान बारे बोर्डका सिइओ जोशीले भने, ‘आइफा अवार्ड गर्न सरकारले निर्णय गरिसकेको छ । करिब तीन महिनाको गृह कार्यपछि यो निर्णय हुन सकेको  हो । यस प्रत्यक्ष खर्च नेपाल सरकरको ढुकुटीबाट हुने होइन । जस्तो अतिथि बस्ने बस्नका लागि होटल एसोशियनले गर्छ । त्यस बाहेक जहाजको व्यवस्थान नेपाल एयरलाइन्सले गर्छ । काठमाडौंमा यातायात र गाडीको व्यस्था नाडाले गर्छ । यस बापत नेपाल सरकारले उनीहरूलाई खर्च दिनु पर्दैछ । यसा अझ स्पष्ट गरौं । नेपालले  ५ सयसम्म कालाकारको मात्रै व्यवस्थापन गर्ने छ । बाँकीको व्यवस्थापन आईफाले नै गर्ने छ ।’ विस्तृत खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

नेपाल पर्यटन बोर्ड आइफा

विशेष