News

यतीको जहाज चिप्लिएपछि विमानस्थल ठप्प

यतीको जहाज चिप्लिएपछि विमानस्थल ठप्प

काठमाडौँ : यति एयरको विमान चिप्लिएपछि त्रिभुवन विमानस्थल सवा १२ बजेसम्मका लागि बन्द गरिएको छ। शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल ११ बजेदेखि सवा १२ बजेसम्का लागि बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन्।

यो अवधिभित्र चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ। यतिको जहाज अवतरणको क्रममा चिप्लिएर रनवेबाट २० मिटर ढाढाको ट्याक्सी वेमा पुगेको छ।

दुई जना यात्रुलाई समान्य चोट लागेको भएता पनि अन्य यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन्। विमानमा ६६ जना यात्रु सवार रहेको बताइएको छ। अहिले विमानस्थलमा उडान अवतरण अवरुद्ध बनेको छ।

यति एयरलाइन्स

विशेष