News फोटो

झरीमा रुझ्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

झरीमा रुझ्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं : सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारले भारतलगायत तेस्रो मुलुकबाट आयातीत फलफूल तथा तरकारीको विषादी परीक्षणबाट पछि हट्ने निर्णय गरेसँगै सरकारविरुद्ध कडा आलोचन भइरहेको छ।

अविरल वर्षाकै बीच शुक्रबार बिहान माइतीघरमा विरोध प्रदर्शन गर्दै भारतीय सरकारको दबाबबाट सरकारले आफ्नो निर्णय उल्ट्याएको नेविसँगका विद्यार्थी नेताले आरोप लगाएका छन्। नागरिकको स्वास्थ र विषादीरहीत तरकारी तथा फलफूल उपभोग गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित गरी सरकारले अक्षम्य अपराध गरेको उनीहरूको भनाइ छ।

उनीहरूले तत्काल प्रविधि र दक्ष जनशक्तिको व्यवस्था गरी सम्पूर्ण नाकाहरूमा विषादी परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।

 

 

 

 

 

 

 

 

 

नेविसंघ

विशेष