पहिरोले काभ्रेमा २ को मृत्यु , प्रमुख राजमार्ग प्रभावित 

पहिरोले काभ्रेमा २ को मृत्यु , प्रमुख राजमार्ग प्रभावित 

अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बनेपा नगरपालिका ३ नालामा घरमाथिबाट खसेको पहिरोले घर थिच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । 

घटनामा रामप्रसादकी बुहारी सुशीला दंगाल र तीन महिनाकी नातिनी अनुष्का घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 
यसैबीच अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ । यति एयरलाइन्सको जहाज धावन मार्गबाट चिप्लिँदा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ठप्प छ । 

वीपी राजमार्गमा ठाउँ ठाउँमा पहिरो झरेका कारण देशका विभिन्न ठाउँका लागि हिँडेका गाडी बीच सडकमा रोकिएका छन् । बाटो अवरुद्ध हुँदा मध्य पहाडी राजमार्ग भएर सोलु, ओखलढुंगा, खोटाङ जाने यात्रु बाटैमा अलपत्र छन् । यसैगरी हेटौंडा– काठमाडौं सडक खण्ड बाढी, पहिरोका कारण ठप्प छ । 

अविरल वर्षा

संम्बधित खबर

विशेष