News

बाढीपहिरोमा मर्नेको संख्या २९ (नामावलीसहित)

बाढीपहिरोमा मर्नेको संख्या २९ (नामावलीसहित)

विहीबारदेखि देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । 

गृहमन्त्रालयले निकालेको विज्ञप्तिमा २९ जनाको मृत्यु तथा २४ जना घाइते भएको उल्लेख छ । 

यसैगरी १३३ जनाको सकुशल उद्धार गरिएको, १४ जना वेपत्ता र ६५ घरपरिवार विस्थापित भएको जनाइएको छ । 

मृतकको नामावली
पर्सा– निखिल पटेल
भोजपुर– जनक विक, जगतबहादुर राई
रामेछाप– पदमकुमारी सुनुवार
सिन्धुली– हेमकुमारी सुनुवार र कार्वन कपारी
काभ्रेपलान्चोक– गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी
ललितपुर– सरोज जिम्वा,अविरल गोले, सन्दिप लोल्हो,
                सुवेश बस्नेत, सीता रानामगर, सानु मैया लोल्हो

काठमाडौ– सर्मिला यादव, नितु यादव र कुन्दन यादव
धादिङ्ग– अस्मिता तामाङ्ग, राजकुमार ठकुरी
खोटाङ्ग– रेखा राई, रोमन राई र रोहन राई
मकवानपुर– सन्तमाया बलामी र सानुकान्छा सुनुवार
बारा– विक्कु यादव
ईलाम– मानाहाङ्ग लावती
झापा– एलिजा न्यौपाने
ओखलढुङ्गा– पासाङपुटी शेर्पा

अविरल वर्षा

विशेष