News

रौतहटमा एउटा वडाबाट अर्कोमा जान कर तिनुपर्ने

रौतहटमा एउटा वडाबाट अर्कोमा जान कर तिनुपर्ने

रौतहट : नेपालको संविधानले हरेक नेपालीलाई विनारोकतोक आवागमनको हक प्रदान गरेको छ तर रौतहटको एउटा नगरपालिकाले आफ्नै एउटा वडाबाट अर्कोमा जान कर तिनुपर्ने व्यवस्था गरेको छ।

रौतहटको चन्द्रपुर नगरपालिकाले एउटा वडाबाट अर्को वडाका जाने सवारीसाधन र स्थानीय मन्दिरमा पूजा गर्ने श्रद्धालुमाथि पनि कर लगाएको हो। नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा मठमन्दिरदेखि भित्री बाटोमा गुड्ने सवारीसाधनमा कर लगाउने भएको हो।

नगरपालिकाको व्यवस्थाअनुसार कुनै पनि वडाबाट वडा नम्बर ३ मा जाँदा पटके कर लाग्ने भएको हो। त्यस्तै जिल्लाकै पुरानो धार्मिकस्थल नुनथर पर्यटकीय क्षेत्रमा रहेको टुटेश्वर महादेवको मन्दिरमा पूजा गर्न जाने श्रद्धालुसँग पनि कर लगाउने निर्णय गरेको छ। श्रद्धालुले १० रुपैयाँ कर तिर्नुपर्नेछ। यहँका बासिन्दाले नगरपालिकाको यो निर्णयको चर्को विरोध गरेका छन्। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

कर

विशेष