News

राजधानीसहित मुलुकका विभिन्न भागमा डुबान : २१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित

राजधानीसहित मुलुकका विभिन्न भागमा डुबान : २१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित

काठमाडौं । वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्।

काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक/एक गरेर २१ जनाको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन्। अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन्। खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

डुबान

विशेष