News

आइजीपी खनालद्वारा उद्दारमा जुट्न मातहतका निकायलाई निर्देशन

आइजीपी खनालद्वारा उद्दारमा जुट्न मातहतका निकायलाई निर्देशन

काठमाडाैं । सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले वर्षाका कारण समस्यामा परेका जनताकाे उद्दारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । देशैभरि लगातार परेकाे वर्षाका कारण कैयाै बस्ती डुबानमा पर्नुका साथै बाढी र पहिराेले जनजीवत अस्तव्यस्त बनेकाे बेला महानिरिक्षक घिमिरेले उद्दारका सबै पहल गर्न निर्देशन दिएका हुन् ।

 

महानिरिक्षक खनालले डुबानमा परेका जनतालाई उद्दार गर्न तथा मानवीय राहत एवं सहायताकाे पहल गर्न सबै ईकाईहरुलाई निर्देशन दिएकाे मुख्यालयले जनाएकाे छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार, तराई तथा पहाडका सबैजसाे जिल्लामा सशस्त्र प्रहरिले बाढीमा फसेका जनताकाे उद्दार, प्राथमिक उपचार सहायता, राहतका साथै बाटाे पन्छ्याउने समेतका कार्यमा सक्रियता देखाएकाे छ ।

 

यसअघि देशका विभिन्न क्षेत्रमा हावाहुरिपछिकाे प्राकृतिक विपदकाे बेफा समेत सशस्त्र प्रहरिले उद्दार र मानवीय सहायतामा सक्रियता देखाएकाे थियाे । यस वर्ष मनसुन सक्रिय भएपछि देशका विभिन्न स्थानमा भारी वर्षाका कारण एक दर्जन बढीकाे मृत्यु भएकाे छ भने हजाराे जनता डुबानमा परेका छन् ।

महानिरिक्षक शैलेन्द्र खनाल

विशेष