सप्तकोसी जलसतहले सतर्कता तह पार, बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह

कमला नदी जलसतह खतरा तहभन्दा धेरै माथि दिनभर सुरक्षित स्थानमा रहन आग्रह

सप्तकोसी जलसतहले सतर्कता तह पार, बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : सप्तकोसी नदी चतरामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीको वहाव अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपना महाशाखाले अनुरोध गरेको छ।

त्यसैगरी, कमला नदीको धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको पनि महाशाखाले जनाएको छ।

अझै अविरल वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा-सिराहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहन शनिबार दिनभर सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ।


मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०३-२७साँझ: ६ बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

हाल मनसुन न्यून चापिय रेखा (Monsoon Trough) मध्य र पूर्वी नेपालको तराई भू- भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र (Low Pressure Area ) समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय (Very Active) रहने देखिन्छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर लगातारको मनसुनी वर्षा (Monsoon Rainfall) जारी रहेको छ।

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):

असार २७ गते (शुक्रबार)

राति: देशका धेरैजसो स्थानहरुमा वर्षा (Widespread Rain) हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा रपश्चिमका एक-दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्यका भू-भागका तराई र  पहाडका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। देशको केहि स्थानहरुमा न्यून चापिय क्षेत्र (Low Pressure Area)का कारण हावाहुरीको सम्भावना रहेको छ । 

असार २८ गते (शनिबार)

दिउँसो: देशभर (Widespread) वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमार पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा  (Very Heavy rainfall) हुने सम्भावना छ।

राति: देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना (Widespread Rain) छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९ गते (आईतबार)

दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा रपश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) समेत हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) को सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।पूर्व र मध्यका भू-भागका तराई र  पहाडका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

मौसम

संम्बधित खबर

विशेष