टि–२० सिरिजः मलेसियाद्वारा नेपाललाई १२९ रनको लक्ष्य (LIVE)

टि–२० सिरिजः मलेसियाद्वारा नेपाललाई १२९ रनको लक्ष्य (LIVE)

काठमाडौं । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए ।

 

बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए  । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । 

 

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

">

 

टि–२० सिरिज मलेसिया भर्सेस नेपाल

संम्बधित खबर

विशेष