ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

नवलपरासी । नवलपरासीको कावासोतीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती–८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४८ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकल पछाडि बस्ने ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो ।
नवलपरासी मोटरसाइकल दुर्घटना