News

पूर्वप्रधानमन्त्रीकै घर डुबानमा

पूर्वप्रधानमन्त्रीकै घर डुबानमा

रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको घर डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घर अविर वर्षापछि आएको बाढीले डुबानमा परेको हो।

अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानी बस्तीमा प्रवेश गरेको छ। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव एक हजार बढी घर भत्केका छन्।

स्थानीयहरु समुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिन पुगेका छन्। लालवकैया खोलाको बाढीले बनुयाँद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्धनै बगाएपछि सो क्षेत्रका करिव ६ हजार जनता डुबानमा परेका हुन्।

विशेष