News

त्रिशूलीमा ट्रक खस्यो, बेपत्ताको पाँच घण्टापछि शव भेटियो

त्रिशूलीमा ट्रक खस्यो, बेपत्ताको पाँच घण्टापछि शव भेटियो

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएकाको शव पाँच घण्टापछि भेटिएको छ भने चालक घाइते भएका छन् ।

गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङको शव पाँच घण्टापछि नदी किनारमा भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्रिशूली

विशेष