वर्षा क्षति अपडेट : अहिलेसम्म २१ को मृत्यु, १० घाइते

काठमाडौं : लगातारको अविरल वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न ठाउँमा धनजनको क्षति हुनुका साथै सडक अवरुद्ध भएको छ। मौसम पूर्वानुमान विभागले आझै आइतबारसम्म वर्षाहुने भन्दै शतर्कता अपनाउन अनुरोध गरेको छ।
वर्षापछि बाढी पहिरोमा परी अहिलेसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। काठमाडौं र खोटाङ ३/३ जना, भोजपुर, काभ्रे र ललितपुरमा २/२ जनाको र इलाम, झापा, ओखलढुंगा, पर्सा, बारा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङमा एक/एक जनाको मृत्यु भएको छ।
त्यस्तै बाढी पहिरोका कारण १० जना घाइते भएका छन् भने १० जना अझै बेपत्ता रहेको छन्। यो अवधिमा ५० जना भन्दा बढीको उद्दार गर्नुका साथै बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
वर्षा