News

प्रदेश २ को निर्णय : मृतक परिवारलाई ३ लाख, राहत र उद्धारको लागि प्रत्येक जिल्लालाई १० लाख

प्रदेश २ को निर्णय : मृतक परिवारलाई ३ लाख, राहत र उद्धारको लागि प्रत्येक जिल्लालाई १० लाख

जनकपुरधाम प्रदेश-२ को सरकारले बाढी पहिरोका भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। 

केही दिनयताको अविरल वर्षाले प्रदेश भरिकै जनजीवन अक्रान्त भएको बेला शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवालाई आह्वानसमेत गरेको छ।

बाढी पहिरोका कारण सबै बाटो अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनाएका छन्।

प्रदेश २ बाढी

विशेष