पूर्व–पश्चिम राजमार्ग सुचारु 

पूर्व–पश्चिम राजमार्ग सुचारु 

महोत्तरीको बर्दिबासमा रहेको भव्सी पुल बाढीले बगाएपछि रातीदेखि ठप्प पूर्वपश्चिम राजमार्ग वैकल्पिक बाटो प्रयोग गरी सुचारु भएको छ ।

लगातार तीनदिनदेखि परेको पानीका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबासमा रहेको भब्सी पुल शुक्रबार राति भत्किएको थियो । जसका कारण पूर्वपश्चिम राजमार्गमा सयौं गाडी  जाममा परेका थिए । पुलको बीच भाग नै बाढीले बगाएर लगेको छ ।  काठमाडौं जोडने वीपी राजमार्गको सिन्धुली, खुर्कोट खण्ड पनि बन्द हुँदा पूर्वबाट आएका सयौं गाडी बर्दिबासमा अवरुद्ध भएका थिए । 

राजमार्गमा जाममा रहेका गाडीलाई औरही, गौशाला, माईस्थान सडकबाट राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सुचारु गरिएको छ । जसबाट क्रमिक रुपमा जाम घटदै गएको  छ ।
महोत्तरीका मुख्य नदी रातू, भब्सी, माढा, जंघा, बिग्हीमा पानीको सतह बढेको छ । रातू नदीमा पानीको वहाव उच्च भएपछि साइरन समेत बजिसकेको छ । 

शनिबार बिहानै विपद व्यवस्थापन समितिको बैठक बसेर सकृयतापूर्वक सम्पूर्ण जनशक्ति परिचालन गर्न र सरोकारबाला सम्पूर्ण पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग,राहत र वचाउ गर्न आग्रह गरिएको छ । 
 

पूर्वपश्चिम राजमार्ग

संम्बधित खबर

विशेष