कुन राजमार्गको अवस्था के छ ?

कुन राजमार्गको अवस्था के छ ?

अविरल झरीपछि आएको पहिरोका कारण देशका प्रमुख राजमार्ग मध्ये पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ विना अवरोध सञ्चालनमा रहेका छन् । देशको मुख्य राजमार्ग मानिने पूर्व पश्चिम राजमार्ग आंशिक सञ्चालनमा आएको छ । 

यो राजमार्ग अन्तर्गत महोत्तरीमा पर्ने झप्सीखोलाको पुल पूर्ण क्षति भएपछि बाढी कम भएको समय हेरी डाइभर्सनको व्यवस्था मिलाएर गाडी पास गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 

काठमाडौंलाई मुलुकको पूर्वी भागसंग जोड्ने चल्तीमा रहेको धुलिखेल–बर्दिबास वीपी राजमार्ग विभिन्न ठाउँमा गएको पहिरोका कारण ठप्प रहेकोमा हाल एकतर्फी आवतजावत शुरु भएको छ । राजमार्गको सिन्धुली खण्डमा पर्ने दुई ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । यद्यपि लामो दुरीका सवारी चल्न सकेका छैनन् । 

काठमाडौंलाई हेटौंडासंग जोड्ने कुलेखानी मार्ग विभिन्न ठाउँमा गएको पहिरोका कारण पूर्णत बन्द छ । यो बाटो खुल्न केही दिन लाग्ने बताइन्छ । मध्यपहाडी लोकमार्ग कहिलेबाट सञ्चालनमा आउने पत्तो छैन् । पाल्पाको सिद्धबाबामा गएको पहिरोले गर्दा सिद्धार्थ राजमार्ग पनि प्रभावित भएको छ । 

प्रमुख राजमार्ग

संम्बधित खबर

विशेष