आदिकविको स्मरण, राष्ट्रकविको सम्मान

आदिकविको स्मरण, राष्ट्रकविको सम्मान

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र उहाँकी धर्मपत्नी महाकाली घिमिरेको रथारोहण गरी सम्मान गरिएको छ । 

आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्राज्ञ, सेना, प्रहरीको वाद्यवादनसहितको टुकडी, कर्मचारी, साहित्यकार, विद्याथीलगायत समाजका विभिन्न तप्काका लब्धप्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो । 

नगरपरिक्रमापछि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा उपप्रधानमन्त्री  ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई सम्मान गरेका थिए । सहभागीहरुले प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको शालिकमा माल्र्यापण गरेका थिए । 

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
 

आदिकवि भानुभक्त आचार्य

संम्बधित खबर

विशेष