News रोजगार

कोरियाली कामदारको न्यूनतम ज्याला बढ्यो, अब मासिक १७ लाख ९५ हजार वन पाउने

कोरियाली कामदारको न्यूनतम ज्याला बढ्यो, अब मासिक १७ लाख ९५ हजार वन पाउने

काठमाडौं : दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ। बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ।

अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २ दशमलब ९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन्।

सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घन्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो । नयाँ पारिश्रमिक अनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७‍‍.३२ डलर) पाउने छन्।

यस बर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ। ज्याला बृद्धि भएसँगै साताको न्यूनतम ४० घन्टा नघटाई मासिक २०९ घन्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात १ लाख ६६ हजार ७ सय ७१ रुपैयाँ पाउने छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

दक्षिण कोरिया

विशेष