बाढीपहिरो अपडेटः मृतकको संख्या ५० पुग्यो, ३० अझै बेपत्ता
काठमाडौं । बाढी र पहिरोका कारण मुलुकभर मृत्यु हुनेहरुको संख्या ५० पुगेको छ । ३० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार काठमाडौं उपत्यकामा पाँच जनाको ज्यान गएको छ । खोटाङ, झापा, उदयपुर, भोजपुर, ओखलढुंगा, सुनसरी, पर्सा, बारा, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर, धादिङ, चितवनलगायत जिल्लामा मानवीय क्षति भएको छ ।
बाढीपहिरोमा परेर २५ जना घाइते भएका छन् । सरकारी संयन्त्रले १ हजार १ सय ४ जनालाई सकुशल उद्दार गरेको छ ।