विदेश

अवतरण गर्ने क्रममा विमान दुर्घटना, १० जनाको मृत्यु

अवतरण गर्ने क्रममा विमान दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा भएको विमान दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । अमेरिकाको टेक्सासमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको हो । विमान बिहानै एडिसन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

 

विमानले आफ्नो नियन्त्रण गुमाउँदा एक हेगंरमा ठोक्किँएपछि आगलागी भएको हो । एडिसनका प्रवक्ता मैरी रोसेनलेथका अनुसार यो २ इन्जिन भएको सानो बीचक्राफ्ट बीई–३५० किंग एयर विमान थियो । यो विमान अमेरिकाका डालसबाट ३२ कि.मी टाढा रहेको एडिसन विमानस्थलमा बिहानै दुर्घटनामा परेको हो । दुर्घटना पछि तत्काल भएको आगलागीले ठूलो क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

फेडेरल एवियएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार अवतरण गर्ने समयमा विमान हेंगरसँग ठोक्किँएको थियो । यसपछि तत्काल ठूलो आगो लाग्यो । अवस्थालाई नियन्त्रणमा लिनको लागि केही समय लाग्यो, जसले १० जनाले अकालमा ज्यान गुमाउनुपर्यो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिका विमान दुर्घटना

विशेष