चन्द्रग्रहणको सुतकमा नगर्नु यी काम  (भिडियोसहित)

चन्द्रग्रहणको सुतकमा नगर्नु यी काम  (भिडियोसहित)


काठमाडौँ । आज राति १ बजेर ४६ मिनेटदेखि चन्द्र ग्रहण लाग्दैछ । तर चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अघिदेखि सुतक लाग्छ। सूर्य ग्रहणमा चार प्रहर अर्थात १२ घण्टा र चन्द्रग्रहणमा तीन प्रहर अर्थात नौ घण्टा अघिदेखि सुतक लाग्ने भएकाले सुतक लागेपछि भोजन गर्न नहुने वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं प्रा.डा. देवमणि भट्टराईले नेपाल आजलाई बताउनुभयो । 

 

चन्द्रमा र सूर्यमा ग्रहण लाग्नु भन्नुको अर्थ तीनको शक्ति क्षीण बनाउने प्रपञ्च गर्नु हो । देवासुर संग्रामका बेला राहु र केतुले चन्द्रमा र सूर्यलाई छेकेकाले ग्रहण लाग्ने पद्धतिको सुरुवात भएको प्रा. डा. भट्टराईले जानकारी दिनुभयो । ग्रहण लागेका बखत सम्भव भएसम्म नदी तलाउमा स्नान गर्ने, दान, मन्त्रपाठ, ध्यान गर्ने प्रचलन रहेको उहाँको भनाइ छ । 


ग्रहणले राति १ बजेर ४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्नेछ । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ भने बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने भट्टराईले बताउनुभयो । 

 

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने वाल्मिकी विद्यापीठ ज्योतिष शास्त्रका उपप्राध्यापक उपेन्द्रप्रसाद भट्टराईले बताउनुभयो । मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने उहाँको भनाइ छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नुहुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ ।

 

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक मान्यता रहेको भट्टराईले बताउनुभयो । 

 

संयोगवश आज गुरु पूर्णिमा पनि परेको छ । गुरुकुलको महत्व कस्तो थियो ? अहिले गुरु चेलाबीच किन श्रद्धा निकै खस्किएको छ । यसबारे पनि हामीले आज डा. भट्टराईसँग जानकारी लिएका छौँ । हेर्नुहोस् भिडियो 

">


 

संम्बधित खबर

विशेष