चन्द्रग्रहण : के गर्ने, के नगर्ने ?(भिडियाेसहित)
काठमाडौँ । आज राति १ बजेर ४६ मिनेटदेखि चन्द्र ग्रहण लाग्दैछ । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने भएको छ । वाल्मिकी विद्यापीठ ज्योतिष शास्त्रका उपप्राध्यापक उपेन्द्रप्रसाद भट्टराईले मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने जानकारी दिनुभयो ।
कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नुहुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक मान्यता रहेको भट्टराईले बताउनुभयो । के छ त चन्द्रग्रहणकाे महत्व ?
हेराैँ याे कुराकानी ।